कैलालीका चिकित्सकहरु निजि क्लिनिकमा भेटिएका वेला बैतडीका सबै स्वास्थ्यकर्मी ‘सेल्फ क्वारेन्टाईन’मा
2020/06/04, 2:57
 
corona

कैलालीका चिकित्सकहरु निजि क्लिनिकमा भेटिएका वेला बैतडीका सबै स्वास्थ्यकर्मी ‘सेल्फ क्वारेन्टाईन’मा वसेका छन् । बैतडीको जिल्ला अस्पतालका सबै स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टाइन’मा राखिएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

जिल्ला अस्पताल बैतडीमा बच्चा जन्माएकी एक महिलाको ‘आरडीटी रिपोर्ट पोजिटिभ’ आएपछि उनको सम्पर्कमा रहेका १९ जना स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । उनलाई जिल्ला अस्पतालकै ‘आइसोलेसन’मा राखिएको छ ।

शिशुको आरडीटी रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ ।