कञ्चनपुरमा ‘होम क्वारेन्टाईन’मा बस्न सकिने कार्यविधि तयार, के के छ कार्य विधिमा ?
2020/06/04, 3:34
 
korona

कञ्चनपुरमा भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ ।

बिहीबार महेन्द्रनगरमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले होम क्वारेन्टाइनमा बस्न सकिने कार्यविधि पारित गरेको हो । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले क्वारेन्टाइनमा भीड बढेपछि व्यवस्थापनका लागि होम क्वारेन्टाइनको व्यवस्था गरिएको बताए । होम क्वारेन्टाइनको अवधि २१ दिनको हुनेछ । अत्यधिक चापका कारण कतिपय क्वारेन्टाइन अव्यवस्थित बनेका छन् ।

के के छ कार्यविधिमा ?

1