
नेकपा एमालेका सांसद झपट रावलको घरमा गएराति ढुंगा हानेको आरोपमा रामेछापका मनोज तामाङ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले २२ वर्षीय तामाङलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

उनीसँगै ढुंगा हान्ने नसिन लिम्बु भने फरार छन् । दुईजनाले ढुंगा प्रहार गरेका बेला प्रहरीलाई खबर गर्न खोज्दा सम्पर्क नभएको भन्दै सांसद रावलले बिहीबार राज्य व्यवस्था समिति बैठकमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
पक्राउ परेका तामाङले सांसद रावल नचिनेको र आफूले सो घर अगाडि पार्किङ गरेको मोटरसाइकलको हावा घरबेटीले खुस्काइदिएकाले ढुंगा हानेको प्रारम्भिक बयान दिएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/10, 9:15
2021/05/05, 9:33
2021/11/27, 9:26
2022/07/03, 6:19