
खप्तडछान्ना गाउँपालिकामा आज चैते अष्टमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ।चैते शुक्ल अष्टमीका दिन मनाइँदै आएको चैते अष्टमी पर्वका अवसरमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको हो।

गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकायाले यही वैशाख ५ गते गाउँकार्यपालिकाले गरेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको बताए।
रोकायाका अनुसार गाउँपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएबमोजिम सूचना प्रकाशन गरी सबैमा जानकारी गराइएको छ।

गाउँपालिकाले कोरोना भाइरसको संक्रमण नेपालमा पुनस्फैलिएकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नाका साथै सामाजिक दूरी कायम गरी भीडभाडमा नजानसमेत आग्रह गरेको छ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40