
सुदूरपश्चिमको कैलालीमा पनि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीका एक सहित कैलालीका थप तीन जना पुरुषमा कोरोना संक्रमण भएको हो ।

कैलालीको धनगढी—३ का ४७ वर्षका एक जनामा पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनी वडा नम्बर ३ को क्वारेन्टाईनमा रहेका छन् ।
त्यसैगरी कैलालीको भजनी—७ का २३ वर्षीय पुरुष, जानकी गाउँपालिका—९ का ३४ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
