सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीद्वारा अक्सिजन ग्यास उद्योगको अनुगमन
2021/05/05, 1:27

धनगढी : सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अक्सिजन ग्यास उद्योगको अनुगमन गरेका छन् । कोरोना संक्रमितहरुको उपचारमा अक्सिजन अभाव हुन थालेपछि धनगढीस्थित मालिका अक्सिजन ग्यास उद्योगको बुधबार मन्त्री नेतृत्वको टोलीले अनुगमन गरेको हो ।

अनुगमनपछि मन्त्री सुवेदीले उद्योगको क्षमता अनुसार ग्यास उत्पादन गरी अभाव हुन नदिन उद्योग संचालकलाई अनुरोध गरेका छन् । उनले सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गरे ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07