कैलालीको घोडाघोडी नगरपालिकामा भारतबाट आएका १६ जनमा आरडिटी पोजेटिभ देखिएको चार दिन हुँदा पनि स्वाब संकलन भएको छैन । ४ दिन बितिसक्दा पनि उनिहरुको पिसिआर परिक्षणको लागि भने स्वाब संकलन गरिएको छैन ।
१९ गते विभिन्न क्वारेन्टाइनमा बसेका २२१ को र्यापिट टेस्ट गरिएको थियो । ती मध्ये १६ जनामा आरडिटी देखिएको हो । तर उनीहरुको पिसिआरको लागि स्वाब संकलन नभएको स्वास्थ शाखा प्रमुख कैलाश रावतले बताए ।
धनगढी स्थित प्रदेश प्रयोगशालामा स्वाबको मौज्दात धेरै रहेका कारण तत्काल नमुना संकलन नगरिएको उनले बताए । यसअघि १६ गते पठाएको स्वाबको रिपोर्ट २२ गते आएको थियो । सामान्यतया ३ घण्टामा आउने रिपोर्ट ७ दिनमा आएको उनले जानकारी दिए । प्रदेशमा एउटा मात्रै प्रयोगशाला हुँदा समस्या भएको उनी बताउँछन् ।
शनिवार १६ जनाको स्वाब संकलन गर्ने रावतले बताए पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक राम ओझाले उनिहरुको अझै ५ दिन स्वाब संकलन हुन नसक्ने बताए । गम्भीर प्रकारका बिरामी वा आइसोलेसनमा रहेका कोरोनाको लक्षण देखिएका बिरामिहरुलाइ डाक्टरको सल्लाहमा पिसिआर गर्न सकिने भए पनि त्यो भन्दा सामान्य अवस्थामा स्वाब संकलन नगर्ने निर्णय गरिएको उनले जानकारी दिए ।