कोरोना पुष्टि भएका तीन जनालाई लक्ष्मण नदेखिएको भन्दै अस्पतालद्धारा क्वारेन्टाईन फिर्ता
2020/06/05, 11:22
 
korona

लक्षण नदेखिएको भन्दै कैलालीका तीन कोरोना संक्रमितलाई क्वारेन्टिनमा फर्काइएको छ । कोरोना पुष्टि भएपनि लक्षण नदेखिएका तीन जना संक्रमितहरुलाई सेती प्रादेशिक अस्पातलले आइसोलेसनमा नराखेरै फिर्ता पठाएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का २२ बर्षीय युवती, २६ बर्षीय युवक र घोडाघोडी नगरपालिकाका संक्रमित पुरुषलाई सेती अस्पतालले आइसोलेसनमा नराखेर फिर्ता पठाईएको संक्रमितहरुका आफन्तले बताएका छन् । बिहीवार कोरोना पुष्टि भएका धनगढीका २६ बर्षीय संक्रमित युवकले सेती प्रादेशिक अस्पतालमा लगिएको तर केही जानकरी नै नदिएर फेरी क्वारेन्टिाइनमा फिर्ता पठाइएको बताए ।

विहीवार नै कोरोना पुष्टि भएपनि रातभर क्वारेन्टाईनको एक कोठामा राखिएको अवस्थामा शुक्रवार विहान ढिलो गरी मात्रै उनीहरुलाई अस्पतालमा एम्बुलेन्स मार्फत ल्याईएकोमा आउने वित्तिक्कै फिर्ता पठाईएको छ । आफुहरुलाई अस्पताल पुगाएपछि एक पटक एम्बुलेन्सबाट नउतारि पञ्चोदय माविकै क्वारेन्टिनमा ल्याएर राखिएको उनीहरुको भनाई छ ।

अहिले संक्रमित युवती र उनलाई एउटै कोठामा राखिएको छ । उता घोडाघोडी नगपालिकाका संक्रमितलाई पनि सेती अस्पतालले कोरोनाको लक्षण नदेखिएको भन्दै होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।