जनशक्ति र साधन स्रोतले भ्याएससम्म विरामीलाई राम्रो सेवा दिएका छौंः सारथी अस्पताल
2021/05/14, 9:07
 
dd

कोरोना महाकारीको बेला धनगढीस्थित सारथी अस्पतालले विरामीलाई जनशक्ति र साधन स्रोतले भ्याएसम्म सेवा दिएको बताएको छ। कोरोनाको दोस्रो लहर चलिरहेका बेला अस्पतालमा कार्यरत डाक्टर र नर्सहरु २४ घण्टा विरामीको उपचारमा खटिएका अस्पतालका एमडी बेदप्रकाश जोशीले बताए।

कोरोना संक्रमितको उपचारका लागि सम्झौता भएनुसार अस्पतालले १० वटा बेडको व्यवस्था गरि त्यहाँ उपचार गरिरहेका २० जना संक्रमित निको भएर घर फकिएको उनले बताए। उनले अस्पतालले कस्तो सेवा सुविधा दिएको छ भन्ने बारे एक जना विरामीले भनेको भरमा समाचार बनाएर डाक्टर र नर्सको मनोबल कमजोर पार्ने काम नगर्न समेत आग्रह गरे। अस्पतालको सेवा सुविधा र विरामीको उपचारका बारेमा बुझ्नै परेमा आफुसँग बुझ्न पनि आग्रह गरे।

उनले अस्पतालमा उपचार गराईरहेका कोभिड १९ का विरामीको अहिलेसम्म मृत्यु नभएको पनि दावी गरे। २५ शैयाको सारथी अस्पतालमा १२ जना नर्स र चिकित्सकले सेवा दिई रहेका छन्। जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकाले पनि अस्पतालले विरामीलाई दिएको सेवाको जानकारी लिने गरेको अस्पतालले जनाएको छ।