धनगढीको गौरीशंकर डेण्टलका सञ्चालक एसकेले गरे अक्सिजनका लागि २० हजार सहयोग
2021/05/17, 2:32
 
gg

धनगढीको गौरीशंकर डेण्टल क्लिनिका सञ्चालक रतन एसकेले अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि सहयोग गरेका छन् । एसकेले रोटरी क्लब अफ धनगढी को १०० थान अक्सिजन कन्सन्ट्रेटर खदिर अभियानलाई २० हजार सहयोग गरेका हुन् ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि प्रति घण्टा १० लिटर अक्सिजन प्रदान गर्ने १ सय थान अक्सिजन कन्सन्ट्रेटर खदिर गरी अस्पतालहरुलाई वितरण गर्ने क्लबले निर्णय गरेको छ ।

सोही अभियानका लागि क्लबलाई १ करोड ३० लाख रकम आवश्यक परेको हुँदा सबैलाई सहयोग गर्न अध्यक्ष तोयराज भट्टले आग्रह गरेका छन् । क्लबले सहयोग रकम रोटरी क्लब अफ धनगढीको एभरेष्ट बैंक लिमिटेड धनगढी शाखामा रहेको खाता नम्बर ०११००५०१२२५२३९ मा जम्मा गर्न आग्रह गरेको छ । सम्पर्कका लागि ९८५८४२०२२४, ९८४१६३३०००, ९८५८४२०१६३ र ८५८४२२४२७ मा फोन गर्न सकिनेछ ।