गेटामा निर्माणाधिन आइसोलेशनमा प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्ने
2021/05/18, 4:22
 
aa

कोरोना बिरामीहरुको लागी गेटामा निर्माणाधिन होल्डिङ सेन्टर र आइसोलेशनमा प्रदेश सरकारले पनि सहयोग गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले त्यँहा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने भएको हो । मन्त्रालयको मन्त्रीस्तरिय निर्णयले २० जना स्वास्थकर्मीलाई त्यँहा खटाउने निर्णय भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. जगदीश जोशीले जानकारी दिए ।

गेटामा आसोलेशनको लागि मन्त्रालयले २ जना बिषेशज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २ जना हेल्थ असिसटेन्ट, २ जना अहेब, २ जना अनमी, २ जना ल्याब टेक्निसियन र ३ जना सरसफाईकर्मी गरी २० जनालाई खटाउने भएको हो ।