कैलालीका १३ ओटा स्थानिय तहमध्ये ९ ओटा स्थानीय तहहरुमा कोरोना संक्रमण फैलिसकेको छ । जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाडोडी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालीका र बर्दगोरिया गाउँपालिकामा कोरोना संक्रमण फैलिएको हो ।
जसमा सबैभदा बढी कोरोना संक्रमित गौरिगंगा नगरपालिका १५ जना रहेका छन । त्यस्तै धनगढी उपमहानगरपालिकामा ९, टीकापुर नगरपालिकामा ४, लम्की चुहा नगरपालिकामा २, भजनी नगरपालिकामा १, गोदावरी नगरपालिका १, घोडाघोडी नगरपालिकाका १, जानकी गाउँपालिकामा ८ र बर्दगोरिया गाउँपालिकामा १ जना रहेका छन ।
उनीहरुमध्ये जानकी गाउँपालिकाका ५, धनगढी उपमहानगरपालिका र लम्की चुहा नगरपालिकाका २÷२ जना निको भएर घर फर्किसकेका छन । त्यस्तै धनगढीकी उपमहानगरपालिकाकी एक महिलाको मृत्यु भईसकेको छ ।
कैलालीका चुरे गाउँपालिका, मोहन्याल गाउँपालिका, कैलारी गाउँपालिका र जोशीपुर गाउँपालिकामा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन ।