
मोटरसाईकलमा ब्राउन सुगर बोकिरहेका तीन जना पक्राउ परेका छन् । शनिवार दिउँसो धनगढी वडा नम्बर १० मा शसस्त्र प्रहरीले चेकजाँचका क्रममा ब्राउन सुगर सहित उनीहरुलाई समातेको हो ।

सशस्त्र प्रहरी बलको ३४ गण मातहत रहेका अस्थायी चेकपोष्ट जुगेडाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सुडाघाटबाट सु.प.प्र.प.०१, ००८ प ५४८७ नम्बरको मोटरसाईकल सहित उनीहरुको साथबाट झण्डै १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ब्राउन सुगर, मोटरसाईकल सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरी बल ३४ गण कैलालीले जनाएकोे छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07