सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तीहरुको स्वाव संकलन बन्द गर्ने निर्णय प्रति नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलले आपत्ती जनाएको छ । सरकारको स्वाव संकलन स्थगतको निर्णयले जनतामा झन् बढी त्रास उत्पन्न हुनुको साथै लकडाउन पालना गरेका तथा क्वारेन्टाईनमा बसेका नागरिकहरु आतंकित भएको काँग्रेसले ठहर गरेको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले आईतबार प्रेस बिज्ञप्ती प्रकाशित गरी यस्तो बिषम घडीमा सरकार नागरिकको स्वास्थ्य संग जिवनमरण एबम् जनचासोको बिषयमा गम्भीर नदेखिएको बताएको छ ।
‘अहिले कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ’ बिज्ञप्तीमा भनेको छ –‘ नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमतिबाट माथी उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंम्भव सघाउंदै आएको छ ।
चिकित्सक र पिसीआर परिक्षण सम्बन्धी प्रदेशका सबै स्थानिय तहमा उपलब्ध गराई तत्काल स्वाव संकलन गरी परिक्षण गराई सुदूरपश्चिम प्रदेशमा विश्व स्वास्थ्य संगठनको माप दण्ड संघिय सरकारले अबलंबन गरे अनुसार क्वारेन्टाईहरुमा खानपान, आवास, स्वास्थ्य सेवा र सुरक्षा लगाएतका अतिआवश्यक सुबिधा यथासिघ्र प्रबन्ध मिलाउन सुदूरपश्चिम प्रदेश सरकार संग नेपाली काँग्रेस संसदीय दलले जोडदार माग गरेको छ ।
(बिज्ञप्तीको पुर्णपाठ जस्ताको त्यस्तै)
नेपाली कांग्रेस प्रदेश सभा
संसदीय दलको कार्यालय
सुदूरपश्चिम प्रदेश, धनगढी
मिति : २०७७/२/२५विषयः प्रेस विज्ञप्ति
अहिले कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथी उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना संक्रमित व्यक्तीहरुको स्वाव संकलन गर्ने काम ५ दिन सम्म बन्द गरिने भन्ने बिषयले जनतामा झन् बढी त्रास उत्पन्न भएको छ । साथै लकडाउन पालना गरेका तथा क्वारेन्टाईनमा बसेका नागरिकहरु निरास भएका छन् । यो बिषयमा नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो बिषम घडीमा सरकार नागरिकको स्वास्थ्य संग जिवनमरण एबम् जनचासोको बिषयमा गम्भीर नदेखिएको हाम्रो ठहर छ ।
जनताको स्वास्थ्य तथा जनजिविका बिषयमा खेलबाड नगरी आवश्यक चिकित्सक र पिसीआर परिक्षण सम्बन्धी प्रदेशका सबै जिल्ला तथा स्थानिय तहमा छिटो भन्दा छिटो उपलब्ध गराई तत्काल स्वाव संकलन गरी परिक्षण गर्न गराउनको साथै विश्व स्वास्थ्य संगठनको माप दण्ड संििघय सरकारले अबलंबन गरे अनुसार क्वारेन्टाईहरुमा खानपान, आवास, स्वास्थ्य सेवा र सुरक्षा लगाएतका अतिआवश्यक सुबिधा यथासिघ्र प्रबन्ध मिलाउनको साथै यो बिषम परिस्थितीमा सुजना हुने भोकमरीलाई समेत सामाधान गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार संग अपील गर्दछौ । त्यसैले सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पुर्ण रुपले केन्द्रित हुन सरकार संग जोडदार माग गर्दछ ।
जय नेपाल ।
डा. रणवहादुर रावल
प्रदेश संसदीय दलको नेता
सुदूरपश्चिम प्रदेश