दार्चुलाको व्याँसको तिङ्करमा खटियो प्रहरी
2021/06/06, 10:16
 
dd

दार्चुलाको ब्याँस गाउँपालिका १ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मंसिरयता तिंकरको छायालेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टर मार्फत तिंकर पठाइएको हो ।  नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो ।

तिंकरको छायालेकमा प्रहरी सई हर्क महताको नतेत्ृवमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।  तिंकर सीमा प्रहरी चौकीमा खटिने प्रहरी जनशक्ती र खाद्यन्न सहित बन्दोबस्तीका सामग्री लगेर हेलिकप्टर तिंकरमै चौकी अवतरण गराइएको हो ।

नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाएको हो । हेलिकप्टर मार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाई पनि छ । खाद्यान्न, हातहतियार र बन्दोबस्तीको समान लिएर जान सकिने अवस्था नभएपछि हेलिकप्टर मार्फत पठाइएको डिएसपी भट्टले बताए । 

मंसिर महिनामा छागरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन् । स्थानीय गत वैशाखमा तिंकर पुगेका थिए । तर प्रहरीको राशन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन्, डिएसपी भट्ट भन्नुहुन्छ, स्थानीय भारतीय बाटोको प्रयोग गरि गए । तर प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको हो ।

यस्तै सीमा प्रहरी चौकी सीतापूलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको  छ । सीतापूलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको हो । सीतापूलको लागि इन्चार्ज र थप ५ जनाको टोली पठाइएको छ ।  हेलिकप्टरले ८ पटक ढुवानी गरेको थियो । हेलिकप्टरमार्फत प्रहरीको लागि ६ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको छ । ३ हजार ८ सय मिटर उचाईमा रहेको छायालेक प्रहरी अब मंसिरमा मात्रै छांगरु झर्ने छ ।

छायालेकबाट ४ घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायालेक प्रहरीले तिंकर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।