
कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित कच्ची घरमा डेरा गरी बस्ने धनगढी घर बताउने ३६ वर्षीय विशाल बुढाथोकी मृत अवस्थामा फेला परेका छन् ।

घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि विशालसँगै बस्ने एक जनालाई स्थानीय वनमा लुकी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछामको तुर्माखाद गाउँपालिका–१, रहफस्थित कर्णाली नदी किनारमा दैलैखस्थित भीमढुंगा कन्ट्रक्सन प्रालिका टिपर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–६ घर भएका २६ वर्षीय सतिश तामाङ मृत अवस्थामा फेला परेका छन् ।

जेठ १९ गते दैलेखको टुनिबगरस्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30