
रेड पान्डाको छाला सहित कैलालीको गोदावरी स्थित एक सामुदायिक वनबाट मङ्गलवार एक जना पक्राउ परेका छन्। दुर्लभ वन्यजन्तुको चोरी सिकारी र तस्करीको गिरोहमा संलग्न बझाङको बित्थड चिर गाउँपालिका ५ देउलेखका २३ वर्षीय अमर धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीको टोलीले एक थान रेड पान्डाको छाला बरामद गरेको हो ।

कैलालीको अत्तरिया र आसपासको क्षेत्रबाट दुर्लभ हिमाली वन्यजन्तुको चोरी सिकारी र छाला लगायतका अन्य अङ्गहरूको तस्करी गर्ने गिरोह सक्रिय बनेको गोप्य सूचनाका आधारमा परिचालित सङ्घीय प्रहरी इकाई कार्यालय कञ्चनपुरको टोलीले उनलाई छाला सहित नियन्त्रणमा लिइएको सङ्घीय प्रहरी इकाई कार्यालय कञ्चनपुरका डिएसपी लक्ष्मण शाहीले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30