अस्पतालका ओपीडी सेवा बन्द हुँदा दार्चुलामा अन्य बिरामीहरु मर्कामा
2021/06/11, 9:21
 
corona

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वर अस्पताल तथा जिल्ला अस्पतालमा भएको बहिरङग (ओपीडी) लगायतका सेवा बन्द हुँदा बिरामी र सेवाग्राही मर्कामा परेका छन्।जिल्ला अस्पतालमा रहेको ओपिडी सेवा जेठ पहिलो सातादेखि बन्द गरिएको छ।

गोकुलेश्वर अस्पतालमा जडान गरिएको बहिरङग (ओपीडी) सेवा गत बैशाख अन्तिम साता देखि बन्द रहेको गोकुलेश्वर अस्पताल डाक्टर मियाज अन्सारीले जानकारी दिए। अस्पताल प्रशासनहरुले एक /एक सूचना निकालेर अस्पतालमै कोभिड संक्रमितको उपचार भइरहेकाले आकस्मिक र प्रसूतिबाहेकका अरु सबै उपचार सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो।

अस्पतालहरुमा अहिले आकस्मिक र प्रसूति सेवा भने सुचारु नै रहेको अस्पताल प्रशासनहरुले बताएका छन।ग्रामीण भेगको एक मात्र सरकारी अस्पताल गोकुलेश्वरमा ओपीडी लगायतका सेवा बन्द हुँदा शैल्यशिखर नगरपालिका र त्यस आसपासका गाउँका बिरामी र सेवाग्राही मर्कामा परेका हुन्। छिमेकी जिल्ला बैतडीका केही भागका स्थानीयहरु समस्यामा परेको स्थानीयहरुले बताएका छन।

अस्पतालमै आइसोलेसन सेन्टर बनाइएको छ ,अहिले १० जना संक्रमित भर्ना पनि छन् , संक्रमण सर्ने जोखीम भएकाले तत्कालका लागि ओपीडी सेवा बन्द गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। स्वास्थ्य मन्त्रालयले देशभरका सबै अस्पतालमा ओपीडीलगायतका सेवा बन्द गर्न पत्रचार गरेपछि ओपिडी सेवा बन्द गरिएको सम्बधित अस्पतालहरुले जनाएका छन।

अस्पतालकै जनशक्ति कोभिड संक्रमितको उपचारमा खटिनु परेको छ , त्यहि जनशक्तिले अन्य बिरामीको उपचार गर्दा संक्रमण सर्ने उच्च जोखिम भएकाले पनि ओपीडी बन्द गर्नु परेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टले बताए। ओपीडी बन्द गरिए पनि आकस्मिक , प्रसूति र फिभर क्लिनिक भने सञ्चालनमा रहेको अस्पताले जनाएको छ। अहिले पछिल्लो केही दिन यता देखि दुबै अस्पतालहरुमा कोरोना बाहेकका अन्य विरामीहरुको सख्या बढ्न थालेको बताइएको छ।