भारतले सडक विस्तार गर्दा नेपाली बाटो ५ दिनदेखि अवरुद्ध,सीडीओले पठाएको पत्रको सुनुवाइ भएन
2021/06/12, 10:33
 
dd

भारतले निर्माण गरिरहेको दार्चुला-लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको छ । भारतीय पक्षका कारण ५ दिनदेखि नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको हो ।

मंगलबार भारतीय पक्षले सडक विस्तार गर्ने क्रममा बम विस्फोट गराउँदा महाकाली नदी थुनिएको थियो । नदी थुनिएर धार परिवर्तन गर्दा दार्चुलाको व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने गोरेटो बाटो डुबानमा परेको हो ।

भारतीय पक्षबाट भइरहेको सडक विस्तारले नेपाली भूमिमा रहेको सडक अवरुद्ध पारेको जानकारी पाए लगत्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी भारतीय समकक्षीलाई पत्र लेखेका थिए । पत्र काटेको ४ दिन सम्म दिन सम्म पनि भारतीय पक्षले पहिलो हटाएको छैन ।

जिल्ला अधिकारी पिथौरागढमा पठाइएको पत्रमा सडक बिस्तार गर्दा नेपाली भूमिमा रहेका बाटो अवरुद्ध भएको हुँदा पहिलो खोल्न आग्रह गरिएको छ । तर, उताबाट नदिमा रहेको पहिलो हटाइएको छैन । पत्रको प्रतिउत्तर पनि आएको छैन ।

‘बुधबार हामीले हामीले भारतीय पक्षलाई पत्र लेखेर पहिरो हटाउन आग्रह गरेका थियौँ प्रजिअ जोशीले भने, ‘अहिले सम्म पहिलो हटेको छैन । सडक अवरुद्ध नै छ ।’

प्रमुख जिल्ला अधिकारीले यस बिषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको बताए । उताबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।
बिगत लामो समय देखि प्रयोगमा आइरहेको सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको छ ।