
आज मुलुकका केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा मनसुनको आगमन भइसकेको हुँदा पश्चिमी तथा पूर्वी भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखा अन्तरतको नेपाल बाढी सूचनाले सुदूरपश्चिम प्रदेशको पहाडी तथा मध्यपहाडी भूभाग भई बहने केही स–साना सहायक नदीहरुमा क्षणिक मध्यम वर्षा भई बहाव बढ्नसक्ने बताएको छ।
साथै केही साना नदीमा आकस्मिक बहाव पनि हुनसक्ने पूर्वानुमान रहेकोले स्थानका स–साना नदी जलाधारमा सतर्कता अपनाउन समेत नेपाल बाढी सूचनाले आग्रह गरेको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 3:46
2020/10/27, 9:06
2021/05/23, 5:34
2021/12/31, 2:49
2023/01/16, 3:30