सुदूरपश्चिममा १ जना संक्रमितको मृत्यु, ४५७ जना निको
2021/06/13, 12:11
 
Co

सुदूरपश्चिम प्रदेशमा शनिबार १ जनाको मृत्यु भएको . कैलालीका मात्रै १ जनाको मृत्यु भएको हो। 

पछिल्लो २४ घण्टामा १३१ जना संक्रमित निको भई घर फर्किएका छन्। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २२६ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ७ सय ९७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

यी दुवै विधिबाट गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २०५ जनाको नमूना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा २ जना, र अछामको बैलडी अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४५ हजार ९२७ नमूना परीक्षण गर्दा ४२ हजार ६४० जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३२ हजार ९९३ जनाले कोरोना जितेका छन् भने, ५५४ जनाको मृत्यु भएको छ।