कैलालीमा असारमा पनि निषेधाज्ञालाई निरन्तरता दिने तयारी, नयाँ ढाँचा बनाइदै
2021/06/13, 1:05

धनगढी : कैलालीमा स्थानीय प्रशासनले जेठ ३१ गतेपछि पनि निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार असार पहिलो सातासम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको हो । निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बनाउने तयारीमा स्थानीय प्रशासन छ ।

निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले बताए । विद्यालय लगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा÷गोष्ठी, सम्मेलन, सिनेमा हल, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखेर बाँकीमा खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32