कोरोना संक्रमित महिलाको मृत्युपछि सिल गरिएको सेतीको डाईलासिस सेवा सुरु
2020/06/08, 1:47
 
korona

कोरोना संक्रमित महिलाको मृत्युपछि सिल गरिएको सेतीको डाईलासिस सेवा सुरु भएको छ । डाईलासिस गराउने क्रममा मृत्यु भएकी धनगढी ४ की एक महिलामा कोरोना पुष्टि भएपछि सिल गरिएको डाईलासिस वार्ड सोमवारदेखि खुलेको हो ।

मृगौलाका विरामीहरुलाई डाईलासिस गराउने वार्ड विरंग हेल्थ केयरले सञ्चालन गर्दै आएको छ । सोमवार विज्ञप्ती जारी गर्दै डाईलासिस वार्ड सुचारु भएको जानकारी दिईएको हो । डाईलासिस सेवा पुर्ववत रुपमा सञ्चालन गरिएको वार्डका व्यवस्थापनक दिपक भट्टले जानकारी दिए । 

यसअघि अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की महिलामा कोरोना पुष्टि भएको थियो । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा कोरोना पुष्टि भएको थियो ।  मृतकमा कोरोना पुष्टि भएपछि डायलासिस वार्ड सिल गर्दै बव्नद गरिएको थियो । 
b