अछाममा आफ्नै शरिरमा आगो लगाएर घाईते भएका युवकको उपचारका क्रममा मृत्यु
2020/06/08, 4:53
अछाममा आफ्नै शरिरमा आगो लगाएर घाईते भएका युवकको मृत्यु भएको छ । बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो ।
आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए । दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिएपछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै आफ्नो शरिरमा पेट्रोल छर्केका थिए ।
आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो ।
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2024/11/25, 5:26
2024/11/25, 4:30
2024/11/25, 4:05
2024/11/25, 4:01
2024/11/25, 3:39
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29