पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुल्यो
 
dd

लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ।

डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ।

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो।