
अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि बैतडीको पञ्चेश्वर गाउँपालिका-२ गैराका ७ घरलाई सुरक्षित स्थान सारिएको छ । मानवीय क्षति हुन सक्ने भन्दै ७ घरका ५२ जनालाई नजिकैको देवथल माविमा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

भारी वर्षाका कारण स्थानीय किसानराम औजीको एक तले घरसँगै रहेको भान्सा पहिरोका कारण भत्किएको प्रहरीले जनाएको छ । शनिबार अपरान्ह ४ बजेतिर गएको पहिरोले महाकाली राजमार्ग अन्तर्गत सदबाज—दार्चुला खडकखण्ड पनि अवरुद्ध भएको छ ।
बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ३ को धरमघरमा सडक माथिबाट आएको ठूलो पहिराले पूर्ण रुपले सडक अवरुद्ध भएको प्रहरी प्रवक्ता खड्काले बताए । सडक खुलाउनेबारे समन्वय भइरहेको उनले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2022/04/04, 10:31
2023/10/11, 12:40