खुकुलो गरी कञ्चनपुरमा फेरि थपियो एक साताका लागि निषेधाज्ञा
2021/06/21, 2:00
 
da

स्थानीय प्रशासनले एक साताका लागि निषेधाज्ञा बढाएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधा ज्ञा बढाएको हो । प्रशासनले यस निषेधाज्ञा सकिने दिन मात्रै बढाएको हो । यस अघि दुई दिन अघि नै निषेधाज्ञा बढाउने गरिएको थियो ।

यस पटक निषेधाज्ञालाई थप खुकुलो गरिएको छ । सरकारी कार्यालय सहित सार्वजजिक निकाय, बैंक तथा वित्तिय संस्था, गैर सरकारी संस्थालाई स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सञ्चालन हुन दिने निर्णय गरिएको छ ।

स्वास्थ्य सेवा, दुध र डेरी बाहेकका अन्य पसल विहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिइने निर्णय गरिएको छ । यस अघि हप्तामा दुई मात्रै पसल खोल्न दिने गरिएको थियो ।