अछाममा फेरि थपियो निषेधाज्ञा अवधि
2021/06/28, 9:59
 
dd

अछाममा फेरि एक हप्ताका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि ७ दिन थप्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भई २१ गते राति १२ बजेसम्म लागु हुने छ।