
डोटीमा ऐतिहासिक कलात्मक शिला भेटिएको छ। जोरायल गाउँपालिका–३ चनकट्टे बजारमा शिला फेला परेको हो। स्थानीय तटबन्ध योजनाका लागि डोजर चलाएर ढुङ्गा निकाल्ने क्रममा उक्त ढुङ्गा फेला परेको हो ।

गोलो आकार रहेको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन् । ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुन सक्ने भएकाले स्थानीय बासिन्दाहरुले सुरक्षित स्थानमा राखेर पूजा आजा गर्न थालेका छन् । शिला हेर्नका लागि स्थानीयहरुको भीड लाग्न थालेका छ।

शिला भेटिएको उत्तरतर्फ पाण्डवकालिन भीमछेदन शिला समेत रहेको छ। भेटिएको शिलाको सम्बन्ध भीमछेदन शिलासँग रहेको त्यहाँका स्थानीयले बताएका छन्। जोरायल क्षेत्रलाई पाण्डव कालिन समयमा पाँच पाण्डव वनवासका क्रममा बसेको भन्ने कथन रहेको छ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27