कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको तालावन्दस् अझै खुलेको छैन् । ताला लागेको एक हप्ता बितिसक्दा पनि ताला खुलाउन तर्फ कसैको ध्यान गएको छैन ।
लकडाउन प्रभावित नागरिकलाई राहत वितरण नगरेर कार्यकर्ता र आसेपासेलाई दिएको भन्दै वडा कार्यालयमा ताला लगाइएको थियो । पार्टी निकट र आसेपासेहरुलाई मात्र राहत दिएको आरोप वडा बासीले लगाउदै आएका छन् ।
लकडाउनले मारमा परेकाहरुलाई राहत नदिएको भन्दै उनीहरुले ताला लगाएका थिए । एक हप्ता वितिसक्दा पनि ताला खुलाउन तर्फ जनप्रतिनिधिको ध्यान गएको छैन । राहत नपाएको भन्दै तालाबन्दी गरेका वडावासीहरुले अझै राहत नपाएको स्थानीय बिक्की ओझाले बताए ।
2025/01/05, 3:38
2025/01/05, 3:10
2025/01/05, 3:07
2025/01/05, 3:05
2025/01/05, 3:04
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2020/06/24, 6:17
2021/07/06, 2:03
2022/03/11, 1:15
2023/04/08, 12:41