
कैलालीमा बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन । टीकापुर नगरपालिकाका १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दिपक बुढा, १९ बर्षीय डम्बर ठकुल्ला र २० बर्षीय दिपक ठकुल्लालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलवार बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा १४ बर्षीय तीन किशोरीमाथि जवरजस्तीकरणी गरी फरार भएका उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको हो । कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको र अन्य फरारको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए । पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39