
निर्माणाधीन मोहना–अत्तरिया सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको छ । सडक निर्माणका क्रममा विभिन्न अवरोध आएकाले ढिलाइ भएकामा अहिले भने सडक निर्माणले तीव्रता पाएको छ । पहिलो चरणको ठेक्का शर्मा अमरनागार्जुन जेभीले तथा दोस्रो चरणको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको जनाइएको छ । सो सडक निर्माणको लागत अनुमान एक अर्ब ६८ करोड छ ।

