
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा क्वारेन्टिनमा उपचार गर्न गएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर १ स्थित छतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रका अहेवलाई क्वारेन्टिनमा रहेका व्यक्तीको नियमित चेकजाँच गर्न जाने क्रममा अज्ञात समुहले हातपात गरी कुटपीट गरेको त्रिवेणी नगरपालिका स्वास्थ्य संयोजक चिरन्जीवी शाहले बताए ।

अहेव रामबहादुर नेपाली क्वारेन्टिनमा रहेका व्यक्तीको दैनिक स्वास्थ्य चेकजाँचका लागि जाने क्रममा त्रिवेणी नगरपालिकाका वडा नम्बर १ भिमबहादुर मिजारले ढुंगाले हानेर घाईते बनाएको नगरपालिकाले जनाएको छ ।
अहेव नेपालीको ज्यान मार्ने उद्देश्यका साथ गरिएको आक्रमणको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले विज्ञप्ती जारी गर्दै घटनाको ध्यानाकर्षण भएको जनाएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39