रुकुम पश्चिम प्रकरण ः दोषीलाइ कारर्वाहीको माग गदै धनगढीमा बिरोध सभा 
2020/06/10, 7:44
 
birod sabha

 रुकुम पश्चिम चौझारी नगरपालिका सोतीमा नवराज बिक लगायत उनका ६ जना साथीको विर्भस हत्याको बिरोधमा कैलालीको धनगढीमा बिरोध सभा कार्यक्रम सम्पन्न भएको छ । संयुक्त दलित संघर्ष समितीले आयोजना गरेको बिरोध सभा कार्यक्रमकको १७ औ चरणको आन्दोलन तथा बिरोध सभालाई सम्बोधन गदै । सुदुरपश्चिम बिश्व  बिधालयका पूर्व रजिष्टार, तथा कैलाली बहुमुखी क्यम्पसका पूर्व क्यम्पस प्रमुख  डाक्टर हेमराज पन्तले जातिय छुवाछुत अझै हट्न नसकेको प्रति चिन्ता ब्यक्त गरे।  डाक्टर पन्तले समाजमा आएको  परिवर्तन कस्मेटिक परिवर्तन मात्र भएको धारणा राखेका थिए   । उनले राजनैतिक दलहरुले रुकुम पश्चिम चौझारीको घट्नामा भोटको राजनीती गरेर राजनैतिक दल समेत नबोलेको आरोप लगाए  । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका डा पन्तले रुकुम घट्नामा बालबालिकालाइ घेरा हाली मार्नु मानवता बिरोधी कृयाकलाप भएको बताउदै दोषीलाई  कडा भन्दा कडा सजाय हुनुपर्ने बताए  । त्यस्तै कार्यक्रममा डाक्टर पन्तले  जातका आधारमा हुने बिभेदलाइ हटाउन पाठपुस्तकमा समेत समावेश गर्नुपर्नेमा जोड दिएका थिए |

birod

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथी नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले घट्ना दुखदायी , निन्दनीय भएकोले नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशको गम्भिर ध्यानकार्षण भएको र आन्दोलनमा महासंघको एक्यवद्धता भएको बताउदै दोषीलाइ कानुनी कठघरामा ल्याउनुपर्छ भन्ने कुरामा जोड दिए   ।

कार्यक्रमका अर्का बिशिष्ट अतिथी नेपाल दलित संघका बरिष्ठ उपाध्यक्ष छत्र टेलरले रुकुम पश्चिम घट्नामा छुवाछुत र हत्या दुवै भएकोले दुइ  वटै मुदा चलाई घट्नाको दोषी तथा वडा अध्यक्षकै पहलमा घट्ना भएकाले दोषीलाई कडा कार्वाही हुनुपर्छ भन्ने कुरामा जोड दिएका थिए। 

त्यस्तै कार्यक्रमका अर्का वक्ता राष्ट्रिय जनता पाटीका नेता तथा सुदुरपश्चिम प्रदेश सांसद मालमति रानाले छुवाछुत विरुद्धको कानुन कहिले लागु हुन्छ भन्दै सरकारलाइ प्रश्नगरेका थिए  ।सांसद रानाले रुकुम घट्ना जातिय घट्ना मात्र नभई सामाजिक घट्ना समेत भएकोले सरकाले यो घट्नाको छानबिन गरी दोषीलाई कडा कारवाही गर्नुपर्छ भन्ने कुरामा जोड दियकि थिइन्  । 

birodh sabha

जातिय छुवाछुको अन्त्य गर, सामाजिक न्याय र मानव अधिकारको ग्यारेन्टी गर भन्ने मूल नाराका साथ गरिएको धर्ना कार्यक्रमको उदेश्य माथी प्रकाश युवा नेता तथा काङग्रेस कैलालीका नेता नृप सुनारले पार्नु भएको थियो भने कार्यक्रममा नेपाल बिधार्थी संघका केन्द्रिय सदस्य बिनय लामा, युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक सिंह , नेपाल बिधार्थी संघ कैलालीका अध्यक्ष भेष बम,अनेरास्वबियुका केन्द्रिय सदस्य डम्बर भट्टराई, नेपाल बिधार्थी संघका आमन्त्रित केन्द्रिय सदस्य सुमन केसी, कैलाली बहुमुखी क्यम्पसका स्वबियु सभापति चुडामणि भट्ट,अनेरास्वबियुका सुबास जोशी नेपाल बिधार्थी संघ कैलालीका नेता ओम जङ्ग बहादुर सिंह, दलित बिधार्थी संघका नेता तपेन्द्र भुसाल , समाजसेबी चक्र बि.क लगायतले सम्बोधन गरेका थिए  भने कार्यक्रमको संचालन दिपक बि.क ले गरेका थिए।