
कोरोना अस्पताल बनाउन सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालको एक किलोमिटर वरिपरि घर भाडामा लिन सूचना निकालेको छ।

सुदूरपश्चिम प्रदेशभित्र दोस्रो चरणको कोरोना भाइरसले विकराल रुप लिएपछि मन्त्रालयले कोरोना अस्पताल बनाउन कम्तिमा २० कोठा भएको घर भाडामा लिने भन्दै सूचना निकालेको हो।
सेती प्रादेशिक अस्पताल धनगढीबाट बढिमा एक किलोमिटर क्षेत्रभित्र पक्की सडकसँग जोडिएको निजी घर कोरोना अस्पताल प्रयोजनका लागि भाडामा लिन ७ दिने सूचना निकालेको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सत्यराज जोशीले बताए।

प्रादेशिक अस्पताल कोरोना संक्रमितले भरिएपछि संक्रमितहरुको उपचार गर्न समस्या भएको भन्दै मन्त्रालयले निजी घर भाडामा लिएर कोरोना अस्पताल बनाउन लागेको हो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/30, 11:46
2022/12/08, 6:25
2024/05/13, 1:07