सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२८२ पुग्यो, ६९०४ जना डिस्चार्ज
2020/10/14, 8:46
 
corona

 सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ७३, डोटीमा १ सय ३५, कञ्चनपुरमा १ सय १८, बझाङमा १ सय २२, अछाममा ५५, बैतडीमा ५०, डडेल्धुरामा ३७, दार्चुलामा ८३ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हालसम्म ६ हजार ९ सय ४ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ७ सय १५ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।