
कैलालीमा चोरीपैठारीको लत्ताकपडासहित दुई जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका २ बसौतीबाट सशस्त्र प्रहरीले झण्डै १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षीय मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी छन् । भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण
कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44