
सुदूरपश्चिममा शनिबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५४ जना निको भएर घर फर्किएका छन्।

प्रदेशमा ७ सय १९ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालमा २ सय २९ नमुना परीक्षण गर्दा ३५ जना र बैतडी अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
यस्तै प्रदेशभर ५७१ जनाको एन्टिजेन बिधिबाट नमूना परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयल जनाएको छ। शनिबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको जनाइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44