सामान्य सावधानी समेत नअपनाइदा कोरोनाको जोखीम बढ्ने खतरा 
2021/08/02, 5:21
 
dd

कैलालीमा पछिल्लो समय स्वास्थ्यमा सामान्य सावधानी समेत नअपनाइदा कोरोनाको जोखीम बढ्ने खतरा बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले स्वास्थ्य मापदण्ड अपनाएर बाहिर निस्किन भनेको छ । तर प्रशासनको आग्रहलाई अटेर भने कार्यान्वयन हुन नसकेको देखिएको छ ।

प्रशासनले कुनैपनी खालका भिडभाड नगर्न आग्रह गरेको भएपनि त्यसको बेवास्ता गर्दै आईरहेका छन् । पछिल्लो समय हिन्दुहरुको आस्थाका केन्द्र महादेव भगवानको पुजाआजा गरिने महिनाको रुपमा श्रावण महिनालाई लिने गरिन्छ । श्रावण महिनाको सोमबार शिवालयहरुमा भक्तजनहरुको उपस्थिति अन्य दिनको तुलनामा निकै हुने गरेको छ ।

No description available.

कैलालीको धनगढी उपमहानगरपालिका १६ उर्मामा रहेको बेहडाबाबा मन्दिरमा पुजाआजा गर्न आउनेहरुको संख्या पनि बढ्दै गईरेको छ । जहाँ  न कुनै सुरक्षाको मापदण्ड थियो । न, त मन्दिर ब्यबस्थापनबाट सुरक्षाको मापदण्ड अपनाइएको पाइयो । भक्तजनहरु बिना मास्क सामाजिक दुरि कायन नै नगरी पुजाआजा गर्नमा ब्यस्त देखिन्थे ।

No description available.

धनगढी ५ बाट सपरिवार पुजाआजा गर्न बेहडा बाबा पुगेका धर्मराज जोशीले आफुले लाइनमा नबसी मन्दिर बाहिर घुमेर फर्केको बताए । उनले त्यसरी मन्दिर मात्रै घुम्दा समेत मान्छेहरु ठोक्किएर ठेलठेल गर्दा निकै डर लागेको बताए। जोशी मात्रै होइन बेहडाबाबा दर्शन गर्न पुगेकाहरु मन्दिर ब्यबस्थापन समितिले सामाजिक दुरि कायम नगरी मन्दिरमा पुजाआजा गर्न मन्दिर खुला गरेकोमा आपत्ति ब्यक्त गर्दै थिए ।

No description available.

बेहडाबाबा मन्दिर ब्यबस्थापन सेवा समितिका सचिब पदमराज जोशीले भक्तजनहरुको भिडका कारण ब्यबस्थापनमा कठिनाई भएको स्विकार गरे । उनले पुजा गर्न आउनेहरूलाई आफुहरुले रोक्न नसक्ने बताए । पुजाआजा गर्न आउने भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको भएपनी त्यो लागुगर्न भने नसकिएको सचिब जोशीले बताए ।

उनले आजमात्रै दुई हजार थान मास्क बितरण गरिएको बताए । त्यस्तै धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीमा रहेको शिवपुरी धाममा समेत आज भक्तजनहरुको भिड लागेको थियो ।  बेहडाबाबामा जस्तै यहाँ समेत कोरोनालाई मध्यनजर गर्दै कुनै पनि सावधानी अपनाइएको थिएन । भक्तजनहरु बिना मास्क सामाजिक दुरि कायम नगरी लामबद्ब भएर लागेका थिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले अहिलेनै मठ मन्दिरहरुमा पुजारी बाहेक अन्यलाई पुजाआजा गर्न खुला नगरिएको बताए । उनले आफुलाई समेत मन्दिरहरुमा भिडभाड बढेको जानकारी आएको बताउदै त्यसलाई नियन्त्रण गर्न तर्फ छलफल गर्ने बताए ।