डडेल्धुरामा घरायसी विवाद हुँदा नातीद्धारा आफैं हजुरआमाको हत्या, जंगलबाट पक्राउ
2020/06/11, 1:43

डडेल्धुरामा घरायसी विवाद हुँदा नातीले आफैं हजुरआमाको हत्या गरेका छन् । गन्यापधुरा गाउँपालिका–२ कुवरगाँउका २४ वर्षीय रोशनराज गिरीले आफ्नै ७३ वर्षीया हजुरआमा राधादेवी गिरीको हत्या गरेका हुन । रोशनराजले धान कुट्ने काठ (मुसल) ले टाउकोमा हिर्काएर हजुर आमालाई घाईते बनाएका थिए ।

घाइते गिरीलाई उपचारको लागि लैजाने क्रममा घटनास्थलभन्दा केही पर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनामा संलग्न मृतकका नाति रोशनराज गिरीलाई अमरगढी नगरपालिका –११ फिन्नेकोट स्थित लिटिरगाउँको जंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।
घटनामा संलग्न युवकलाई हिरासतमा राखिएको र आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09