
धनगढीमा बेवारिसे भेटिएका व्यक्तिको मृत्यु भएको छ। बजार क्षेत्रमा बेवारिसे भेटिएका ३०÷३५ वर्षीय पुरुषको उपचाकार क्रममा मृत्यु भएको हो।

‘ बेवारिसे अवस्थामा भेटिएका ती पुरुषकोसेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले भने, ‘उपचारका क्रममा मृत्यु भएको छ। पहिचान खुल्न सकेको छैन।’
उनका अनुसार शुक्रबार साँझ सेती अस्पतालमा उपचारका लागि इमरजेन्सी वार्डमा भर्ना गरिएकोमा राति मृत्यु भएको हो। ‘वर्ण कल्साउलो, उचाई अन्दाजी ५ फिट ६ इन्च, माथिल्लो शरिरमा निलो खरानी रंगको गन्जी र तल्लो शरिरमा कालो रंगको हाप पाइन्ट लगाएका व्यक्तिको मृत्यु भएको हो,’ उनले भने।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35