
सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जनामा कोरोना पुष्टि भएको छ । उक्त प्रयोगशालामा १६७ नमूनाको परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १४२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ३ जना अस्पतालमा भर्ना भएका छन्।भने, ३ जना डिस्चार्ज भएका छन् । हाल अस्पतालमा २२जना संक्रमित उपचाररत छन्।
अस्पतालमा २ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ भने ६ जनाको अक्सिजनको सर्पोटरमा उपचार भइरहेको छ । यस्तै १२ जनाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको जोशीपुर गाँउपालिका २ का २८ बर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35