
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोनाको संक्रमणका कारण सोमबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १८ की ५० वर्षीया महिला रहेकी छन् ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ती महिलाको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको श्वासप्रश्वासमा समस्या देखिएको थयो ।
त्यस्तै सेतीमा पछिल्लो २४ घण्टामा १५५ नमुना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन् ।

हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43