कैलालीका प्रिन्सिपल कृष्ण भुषालको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग
2021/08/16, 9:17

कैलालीको गौरीगंगा नगरपालिकाका कृष्ण भुषालको हत्या भएको भन्दै संलग्नलाई सार्वजनिक गर्न माग गरिएको छ।

मानव अधिकारी रक्षक संजाल गौरीगंगाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै भुषालको हत्या भएको भन्दै संलग्नलाई सार्वजनिक गर्न माग गरेको हो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालमार्फत ध्यानाकर्षण पत्र बुझाउदै मानव अधिकारी रक्षक संजालले गौरीगंगाको विहानी क्षितिज बोडिङ स्कुलका सञ्चालक भुषालको हत्या भएको एक वर्ष भएपनि दोषी कानूनी दायरामा नआएको जनाएको छ।

आवश्यक प्रमाणहरु हुँदा हुदैपनि कारबाही नभएको संजालका अध्यक्ष टेकराज ओझाले बताए। संजालले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएको पत्रमा कोरोना खोपको समेत सुनिश्चितता गर्नुपर्ने माग पनि उल्लेख छ।
2025/07/21, 11:43
2025/07/21, 11:35
2025/07/21, 11:33
2025/07/21, 11:28
2025/07/21, 11:24
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/28, 7:10
2020/09/28, 9:08
2021/05/29, 5:56
2022/01/11, 11:38
2023/01/27, 12:43