
सुदूरपश्चिमा ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्व्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा १ सय २० जनाको नमुना परीक्षण गर्दा ११ जना, महाकाली अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ३ जना, डडेल्धुरा अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा २ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यस्तै आज प्रदेशमा १९ जनाले कोरोना जितेर घर फर्किएका छन्।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37