कोरोना रोकथाममा गम्भीर नभएको भन्दै सरकार विरुद्ध प्रदर्शन (भिडियो सहित)
2020/06/12, 12:04

सरकारलाई खवरदारी गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरिएको हो ।

‘प्रदेश सरकार ! तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित सरकारका विरुद्ध प्रदर्शन गरिएको हो ।
आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पिसीआर विधिबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पिडित नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/06/04, 7:07
2020/11/04, 10:55