सेती प्रयोगशालामा ३१ जनामा कोरोना  पुष्टि
2021/08/20, 12:57
 
kk

शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३१ जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १५१ नमूनाको परीक्षण गर्दा ३१  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै १२० जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा  १ जना अस्पतालमा भर्ना भएका छन् ।  हाल अस्पतालमा १३ जना संक्रमित उपचाररत छन्।