डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ध्यानाकर्षण
2021/08/23, 5:40
 
aa

डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष र जिल्लाका जनप्रतिनिधिहरूले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मेडिकल कलेज बनाउन प्रधानमन्त्री र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य सचिव र नेकपा माओवादी केन्द्रका अध्यक्षलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि अवधारणापत्र बुझाएको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिवडा. रोशन पोखरेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेरै अवधारणा–पत्र बुझाएको बताए। 

अस्पताललाई ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउनका लागि चारै जनाबाट सकरात्मक प्रतिक्रिया पाएको उनले बताए।स्वास्थ्य क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान, गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अस्पताललाई ‘सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापनाका लागि अवधारणा–पत्र बुझाएको अध्यक्ष ओझाले बताए।

यस्तै परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउँद नेतृत्वको जनप्रतिनिधिहरूको टोलीले पनि प्रधानमन्त्री देउवालाई डडेल्धुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज स्थापना गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।