धनगढीमा कोरोनाले मृत्यु भएकी महिलाको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ, ३४ जनाको परिक्षण हुन सकेन्
2020/06/12, 5:53
 
korona

धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी महिलाको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ महिमा टोलकी ५५ बर्षीय महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको ८ दिनपछि १५ जनाको रिपोर्ट आएकोमा कसैमा पनि संक्रमण नदेखिएको वडा अध्यक्ष दीपक कुमार थापाले बताए ।

उनले ४ नम्वर वडाको क्वारेन्टिनामा राखिएका आरडिटी पोजेटिभको रिपोर्ट पनि नेगेटिभ आएको छ । परिवारका सदस्य सहित छिमेकीको रिपोर्ट नेगेटिभ आएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले बताए । मृतक महिलाको अन्त्येष्टिमा धनगढी उप–महानगरपालिका वडा नम्बर ४ सहित घोडाघोडी नगरपालिका वडा नम्बर ३ का ८ जना र बर्दोगोरिया गाउँपालिका वडा नम्बर २ का दुई जना गरी ४९ जना सहभागी भएपनि अन्यको परीक्षण हुन सकेको छैन् ।

मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका थिए । गत शुक्रवार दिउसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु थियो भने ती महिलाको शनिवार बिहान अन्त्येष्टि गरिएको थियो ।

शनिवार दिउँसो मात्रै उनको मृत्यु कोरोना भाइरसका कारण भएको पुष्टि भएको थियो ।