कैलालीमा पैदलयात्रीको मृत्युपछि अबरुद्ध पुर्व-पश्चिम राजमार्ग सुचारु
2021/08/24, 5:59

पैदल यात्रीको मृत्युपछि अबरुद्ध भएको कैलालीको पुर्व-पश्चिम राजमार्ग सञ्चालनमा आएको छ । पुर्वबाट पश्चिमतर्फ आईरहेको उदयपुर हर्जेनी गाँउपालिका ३ बस्ने ३८ बर्षका टेकराज खत्रीले चलाएको ग १ ख ६४४१ नम्बरको ट्रकले गौरिगंगा नगरपालिका ४ का ४० बर्षका मानसिहँ गुर्धामीलाई ठक्कर दिदाँ उनको घटनास्थलमै ज्यान गएको हो ।

गुर्धामीको मृत्युपछि आफन्तले ट्रक चालकलाई आवश्यक कारबाही गर्नुपर्ने र मृतकका परिवारले उचित क्षतिपुर्ती पाउनुपर्ने भन्दै राजमार्ग अबरुद्ध गरेका थिए । मृतकको परिवारलाई उचित क्षतिपूर्तिको सुनिश्चितता गरेर मात्र पोस्टमार्टम गर्ने सहमतिमा राजमार्ग सुचारु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरिक्षक गणेशराज उप्रेतीले जानकारी दिए ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29